HimalKhabar.com :: A Complete Nepali Political News Portal
बङ्गुरबाटै बन्न सकिन्छ मल र मासुमा आत्मनिर्भर झापाको केर्खास्थित कुलुङ बङ्गुर फार्मकै बाटो पछ्याउँदै अहिले त्यस क्षेत्रमा ६५ वटा फार्म खुलिसके। किसानको यस्तो होस्टेमा सरकारले हैंसे गरिदिए दाना, मल र मासु उत्पादन तथा रोजगारी सिर्जनामा देशले फड्को मार्न सक्छ।
अर्गानिक बजार, खै परीक्षण ?

काठमाडौं र ललितपुर महानगरपालिकाका केही ठाउँमा हरेक शनिबार बिहान ७–११ बजे अर्गानिक बजार लाग्ने गरेको छ। ती बजारमा बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, म्याग्दी, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोटलगायतका दुर्गमका जिल्लाहरूमा फलेका भाँगो, सिमी, गेडागुडी, मार्सी चामल, फापरको पीठो, कोदाको पीठो, मकै, गहुँ, आलु, गेडागुडी र फलफूलहरू पाइन्छन्। त्यसबाहेक दुर्गमका रैथाने बालीका बेकरी परिकार, दूध–दही, अचार आदि पनि पाइन्छन् ।