HimalKhabar.com :: A Complete Nepali Political News Portal
सौम्य शक्तिको भण्डार हामी नेपालसँग अपार शक्ति छ, शान्तिको। नागरिकको मानसिक एवम् भौतिक जीवनमा उत्साह र परिवर्तन ल्याउन यसको पहिचान र परिचालन गर्ने हो।
एक्लो पथप्रदर्शक सत्याग्रही नेपालको जनस्वास्थ्य सुधारको यात्रा लामो हुनेछ, यसमा तपाईं डा. केसी बीच बाटोमै हामीलाई अलपत्र नछोडिदिनुस्। सरकारले तपाईंसँग वार्ता गर्न आओस् नआओस्, त्यो उसको मान्यता र आचरणको कुरा भयो। उसले केही भनोस् नभनोस्, फेरि कुनै अर्को प्रतिबद्धतामा हस्ताक्षर गरोस् नगरोस्, त्यो आफ्नो ठाउँमा छ। तर जनताको लागि सत्याग्रही डा. गोविन्द केसी हाम्राे सामु रहिरहनु आवश्यक छ।