HimalKhabar.com :: A Complete Nepali Political News Portal
जीवनशैली
जब म अमेरिका आएँ...! म सोच्थेँ, ग्राजुएट-स्कूलका चुनौतीहरू झेल्न म तम्तयार छु। तर, जब म पीएचडी गर्न भनी संयुक्त राज्य अमेरिका आएँ, यस्तो लाग्यो, कसैले मलाई खुशी र सम्पन्न भावमा पौडिरहेको मेरो तलाउबाट फुक्त निकालेर रहस्यमयी, विशाल समुद्रमा झ्वाम्मै खसालिदियो। त्यो समुद्रका हरेक माछा मभन्दा द्रुत गतिमा पौडी खेल्थे, लामो छलाङ मार्थे।
६० वर्ष नाघेका महिलाहरूको व्यवसाय– ‘धौगः बजा’ अर्थात् सस्तो बजार साँघुरा गल्ली। गल्ली पिच्छे मन्दिर र पोखरी। ती मन्दिरका पेटीमा बसेर गफ गरिरहेका ज्येष्ठ नागरिक। ललितपुरको पाटनमा यस्तो दृश्य जहींतहीं देख्न सकिन्छ। तर, पाटनमा नै यस्तो पसल पनि छ, जुन ६० वर्ष उमेर नाघिसकेका महिलाले चलाउँछन्।