HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कांग्रेस
सानेपामा शेरबहादुरसँग सुनील थापाको अंकमालको अर्थ नेपाली कांग्रेसका आम कार्यकर्ता र शुभचिन्तक लगायत ठूलो पंक्तिलाई सुनील थापाको कांग्रेस प्रवेश स्वाभाविक लागिरहेको छैन। यो चिन्तनको जगमा पञ्चायतमा हुँदा सूर्यबहादुर थापाले कांग्रेस र यसका कार्यकर्ता विरुद्ध गरेका कार्यको फेहरिस्त सन्निहित छ।
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर टिप्पणी
देउवालाई 'स्टेट्सम्यान' बन्ने अवसर

-शंकर तिवारी
राष्ट्रिय राजनीतिको गाँठो फुकाउन 'किंकर्तव्यविमूढ' कांग्रेस नेतृत्वले पहलकदमी लिने हो भने देउवालाई स्टेट्सम्यान बन्न कसैले रोक्न सक्तैन।

अनुभवका हिसाबले तीन–तीन पटक प्रधानमन्त्री भएका देउवा समकालीन राजनीतिमा सर्वोच्च 'स्टेट्सम्यान' को दर्जामा देखिन्छन्। तर, उनको 'स्टेट्सम्यानसिप' भने पार्टी सभापतिका रूपमा राष्ट्रिय राजनीतिका पछिल्ला समस्या समाधानमा चाल्ने कदममा निहित छन्। 

विगतका आधारमा भन्ने हो भने, देउवा निष्ठाभन्दा व्यवहारवादी राजनीतिका पक्षपाती लाग्छन्। तर, यतिबेला उनले निष्ठाको नेता बन्दै शक्तिका प्रति अनासक्त भएर राजनीतिक घटनाक्रम र जनचाहना नियाल्न सक्नुपर्छ।