विद्युत् खपत बढाउन मौसम अनुसार फरक महसुल लागू गरिँदै
वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई ध्यानमा राखी वर्षायाम र सुक्खायाममा फरक-फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने तयारी छ।
स्वदेशी लगानीमा बूढीगण्डकी बनाउन नयाँ प्रस्ताव
चिनियाँ कम्पनीले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाउन नसकेपछि सरकारले स्वदेशी पूँजीमै बनाउन पहल थालेको छ। ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयले आयोजना निर्माणको नयाँ प्रस्ताव अघि बढाएको हो।